Logo
Logo

एमालेले भन्यो- पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन्


504
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार रहेको बताएको छ ।

एमालेले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको बताएको हो ।

रास्वपाका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सवै पक्ष सचेत हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो,’ एमालेले भनेको छ, ‘यस्तो कसुरमा सङ्घीय संसद्को सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानुनी कार्य हो । यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भए तर्फ सवै पक्ष सचेत हुनुपर्दछ ।

सहकारी ठगी प्रकरणमा पार्टी सभापति कात्तिक द्द गते पक्राउ परेपछि रास्वपाले पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेको छ । काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । सरकारले लामिछानेलाई राजनीतिक प्रतिशोध साध्न पक्राउ परेको रास्वपाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्