Logo
Logo

अस्ट्रेलियामा एकापसमा दुई विमान ठोक्किँदा दुई जनाकोे मृत्यु


एजेन्सी

504
Shares

सिड्नी । अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए । सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भईरहेको एनएसडब्लु प्रहरीले उल्लेख गरेको छ ।

घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ । अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्