Logo
Logo

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध


693
Shares

काठमाडौं । बझाङमा सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो ।

दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन । उनका अनुसार पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ । पहिरो पन्छाउने काम भइरहेको उनको भनाई छ ।

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए । उनले लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको बताए। पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्