Logo
Logo
अन्तर्राष्ट्रिय

अमेरिकी चुनावमा नेपाली निर्णायक !


3.2k
Shares

यसपटकको अमेरिकी राष्ट्रपतिय चुनावमा नेपाली मूलका मतदाता निर्णायक छन् । पेन्सेल्भेनियामा हजारौं संख्यामा नेपाली मूलका मतदाता छन्, उनीहरूले जुन उम्मेद्वारलाई मतदान गर्छन्, जित उसकै हुन्छ ।

वासिंगटन, डिसी । अमेरिकामा अहिले चुनाव लागिसकेको छ । अझ चुनावभन्दा पनि अमेरिकामा डोनाल्ट ट्रम्प लागेको छ भन्दा बढी ठीक होला । र, अहिले यो उत्कर्षमा पुगेको छ । अर्को मंगलबारसम्ममा अमेरिकाले अर्कै राष्ट्रपति पाइसकेको हुनेछ – कमला ह्यारिस कि ट्रम्प ? अहिले नै केही भन्न सकिने अवस्था छैन ।

चुनावको दिन नोभेम्बर ५ भएपनि यतिबेला मतदान जारी छ । अर्ली भोटिङ र मेल इन ब्यालेटमार्फ्त अमेरिकी जनताले आफ्नो ४७औं राष्ट्रपति छानिरहेका छन् । एक किसिमले भन्ने हो भने हार–जीतका लागि निर्णायक मतदान भैसकेको छ भन्दा पनि, अनौपचारिक र औपचारिक मत परिणाम आउन मात्र बाँकि हो ।

अमेरिकाको यो चुनाव इतिहासमै सबैभन्दा खराब र महत्वपूर्ण छ । खराब यसकारणले कि यो चुनावमा राष्ट्रपतिका एकजना प्रतिस्पर्धी ३४ फेलोन ट्रम्प छन् र उनले यो चुनावको हुर्मत लिन कुनै कसर बाँकि राखेका छैनन् ।

ट्रम्पले यसपटकको अमेरिकी चुनावलाई विहारी चुनाव भन्दा पनि तन्नम बनाइदिएका छन् । महत्वपूर्ण यसकारणले कि यो चुनावमा गैर–श्वेत महिला अमेरिकाको पहिलो महिला राष्ट्रपति भएर एक हैन अनेक कीर्तिमान बनाउन सक्नेछिन् । त्यसकारण यो चुनाव अमेरिकाका लागि एक किसिमको महाभारत हो । यो कुरूक्षेत्रमा सत्य र न्यायको पक्षमा पाण्डवरूपी कमला छन् भने कौरवरूपी ट्रम्प त्यसलाई दमन गर्न उत्रेका छन् ।

द्वापर युगको महाभारतमा त पाण्डव पक्षको जीत भएको थियो । तर, यो कलीयुगको महाभारत हो, त्यसैले यसै भन्न सकिने अवस्था नभएको हो । यद्यपि, सत्य र न्याय त जुन युगमा पनि एउटै हो । त्यसैले यो युगमा पनि सत्य र न्यायकै जीत हुने सम्भावना बढ्दो छ ।

यसपटकको अमेरिकी चुनावको इपिसेन्टर हो, पेन्सेल्भेनिया राज्य । यो राज्यको १९ कलेज इलेक्ट्रल मत जसको पक्षमा जान्छ, जीत लगभग उसकै हुने हो । २०१६ मा ट्रम्पले जितेको यो राज्य २०२० मा बाइडेनले जितेका थिए । यसपटक कमलाकै पक्षमा जाने संकेत त देखिएको छ यद्यपि ढुक्क हुन सकिने अवस्था छैन ।

झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर तथ्य के हो भने यसपटकको अमेरिकी चुनावमा नेपाली मूलका मतदाता निर्णायक छन् । पेन्सेल्भेनियामा हजारौं संख्यामा नेपाली मूलका मतदाता छन्, उनीहरूले जुन उम्मेद्वारलाई मतदान गर्छन्, जित उसकै हुन्छ ।

तर, यी मतदाताहरू अझै पनि पूरै खुलेका छैनन् । अनुमान चाँहि के गर्न सकिन्छ भने उनीहरूको मन ‘कमला देवी’तिरै ढल्केको छ । त्यसैले यसपटक अमरिकाले महिला पहिलो राष्ट्रपति पाउँन सक्नेछ । त्यसका लागि भने नोभम्बर ६ को मध्यरातिसम्मको व्यग्र प्रतिक्षा गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्