Logo
Logo

थप ८ जनामा संक्रमण, कर्णालीमा संक्रमितको संख्या ४६ पुग्यो


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, १५ जेठ । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरणअनुसार थप आठ संक्रमित पहिचान भएका हुन् ।
महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले संक्रमित सबै दैलेखको नारायण नगरपालिकाका रहेको जानकारी दिनुभयो । । सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नारायण नगरपालिका वडा नं १ का २६ वर्षीय पुरुष, ३ का १९, ३०, ३७ र ४० वर्षीय पुरुष, ४ का एक वर्षीय बालक र २० वर्षीया महिला तथा ५ का १७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
बुधबार सुर्खेतमा थप १५ संक्रमित फेला परेका थिए । भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै संक्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्