Logo
Logo

प्रमुख सूचना आयुक्त सुरेश आचार्य सिफारिस


1.9k
Shares

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सदस्यहरूमा नेकपा एमालेको प्रचार विभागका सचिव गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।

सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो । डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ ।

समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्