Logo
Logo

झापामा थप २८ जनामा कोरोना पुष्टि, प्रदेश १ मा १५८ संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ । झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार नयाँ २८ जनामा कोरोना देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको छ । शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्