Logo
Logo

प्रहरीमा हटाइँदै ३० वर्षे सेवाअवधि


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।
गृह मन्त्रालयले नेपाल प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ।

गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आकार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवाअवधि अब हट्छ हटाउनुपर्छ तर अहिले नै हट्छ कि कहिले भन्ने विषयमा छलफल हुनुपर्छ’, स्रोतले भन्यो। स्रोतका अनुसार गृहमन्त्री थापाकै सक्रियतामा ३० वर्षे सेवाअवधि हटाउन लागिएको हो। नेपाल प्रहरीको संघीय ऐन मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थमा पुगेको छ। आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

त्यहाँबाट मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हद मात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो। ‘सरकारले आवश्यक ठानेका वेला ५८ वर्ष उमेरहद नकाट्नेगरी सेवा अवधि कायम गर्नेगरी ऐन बनायन लागिएको हो’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्