Logo
Logo

अधिनायकवाद भने भन्नुस्, चिकित्सा शिक्षा विधेयक पास हुन्छ – सञ्चारमन्त्री बास्कोटा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।
सरकारले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकले डा। गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गरेको छ । साथै संसदबाट यो पास गरिछाड्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रष्ट पारेका छन् ।

विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सदनमा अवरोध कायम रहेको स्थितिमा सरकारले विधेयकलाई अघि बढाउने स्पष्ट गरेको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले पर्याप्त छलफल र सम्बन्धित समिति हुँदै अघि बढेको विधेयकमा रहेका प्रावधान पर्याप्त अध्ययन नगरी विरोध गरिएको दाबी गरे ।

पछिल्लो मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको प्रष्ट पारे ।

१० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने, मेडिकल कजेल गैरनाफामुखी हुनुपर्ने, विद्यार्थीको कोटा निर्धारण, विशेष छात्रवृत्ति, विपन्न विद्यार्थीलाई सहुलियतमा ऋणजस्ता जनमुखी प्रावधान राखिएको विधेयकलाई माफियामुखी भएको भनिनु आफूले बुझ्न नसकेको भनी टिप्पणी समेत गरेका छन ।

“कानून बनाउने थलो अस्पताल वा अन्यत्र हो कि संसद् हो ? के मा सहमति र असहमति हो ? संसदीय समितिले डा केसीलाई औपचारिक रुपमा निमन्त्रणा गरिएकामा उहाँ किन आउनुभएन ? कसैकसैले गुमराहमा राखेर विधेयकका वास्तविक व्यवस्थाबारे उहाँलाई अर्कै कागज पढ्न दिएको छ कि ?” मन्त्री बाँस्कोटाले विधेयकमा भएका राम्रा व्यवस्थाबारे जनतालाई गुमराहमा राख्ने कोसिस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्