Logo
Logo

प्रदेश-२ मा थप ६० जनामा कोरोना पुष्टि


- दृष्टि न्युज/संवाददाता


वीरगञ्ज, १८ जेठ । आइतबार प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् । रौतहटमा संक्रमति भएकामध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन ।
त्यस्तै, धनुषामा संक्रमति भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन भने सर्लाहीमा संक्रमित भएकामध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्