सुर्खेत । कर्णाली प्रदेशका उत्पादनलाई लुम्बिनी प्रदेशको रूपन्देही बुटवल, भैरहवाको बजारसम्म कसरी जोड्ने भन्ने बिषयमा सुर्खेत उद्योग बाणिज्य संघमा छलफल भएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुर्खेतमा भएको छलफल कार्यक्रममा उद्योगी व्यवसायीले कर्णालीका उत्पादनको बुटवल नेपालगन्ज, धनगढी बजारमा राम्रो सम्भावना भएको बताएका छन् ।
दुई क्षेत्रको सहकार्यमा ठुलो परिणाम र गुणस्तरीय उत्पादन, निरन्तरताको आवश्यकता रहेको भन्दै उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेलले कर्णालीका उत्पादनको सम्भावना भएपनि प्याकेजिङ र ग्रेडिङ नहुँदा बस्तुको ढुवानीमा समस्या रहेको बताए ।
उनले लुम्बिनी र कर्णालीका उद्योगी ब्यवसायी मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । जि आई जेडका सुरेश बरालले कर्णालीको उत्पादनलाई लुम्बिनीसँग कनेक्सन गर्न सकिने सम्भावनाबारे प्रयास भईरहेको जानकारी दिए ।
कर्णालीमा गेडागुडी, स्याउ, मास, मह, फापर, जसतो, अदुवा, मसुरो, ओखर लगायतका बस्तु प्रसस्त उत्पादन हुने गर्दछ । यो बर्ष यस क्षेत्रबाट करिव १ अर्वको त स्याउ मात्र रूपन्देहीको बुटवल, भैरहवा लगायतका बजार क्षेत्रमा निकासी भएको सुर्खेत उवा संघका सदस्य लक्ष्मण देबकोटा क्षेत्रिले जानकारी दिए ।
उनले बस्तुको प्याकेजिङ, ग्रेडिङ र ढुवानीमा समस्या रहेको बताए । कर्णाली प्रदेशका बस्तुको रूपन्देहीको बुटवल भैरहवा क्षेत्रमा राम्रो सम्भावना रहेको र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू भएकोले नेपाली उत्पादन बिदेसि बजारमा समेत निर्यात गर्न सकिने बुटवल उद्योग बाणिज्य संघका भुतपुर्व अध्यक्ष खेम बहादुर हमालले बताए ।
छलफलमा लुम्बिनी कृषिउपज थोक बजार मणिग्रामका प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्री, सचारकर्मी दामोदर खनाल, बुटवल मण्डिका गोबिन्द केसी, नेपालगन्ज उद्योग बाणिज्य संघका टेक बहादुर खड्का, नेपालगन्ज तरकारी मण्डिकि अध्यक्ष मोतिसरा थापा लगायतले धारणा राखेका थिए ।