Logo
Logo

बिआरआई सम्झौता कार्यान्वयन गरेर चीनसँगको सम्बन्धलाई गहिरो बनाउनुपर्छ : खनाल


2k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर बेल्ट एन्ड रोड (बिआरआई) लगायतका सम्झौताहरू कार्यान्वयन गरेर चीनसँगको सहयोग र सम्बन्धलाई गहिरो बनाउनुपर्ने बताएका छन् ।

नेता खनालले बिहीबार विज्ञप्ति जारी गर्दै सोही सहयोगमार्फत राष्ट्रिय विकास र निर्माण कार्यलाई गति प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । उनले उत्तरी छिमेकी मुलुक चीनले करिब १० वर्ष अघि सारेको बेल्ट एन्ड रोड पहलकदमी एउटा विश्वव्यापी अवधारणा र परियोजना बनेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘विगत १० वर्षको अवधिमा बदलिंदो विश्व परिवेशमा वेल्ट एण्ड रोड परियोजनामा विश्वका १५३ मुलुकहरु एक वा अर्को संझौतामा जोडिई सकेका छन । ती मुलुकहरुमा ३००० भन्दा बढी ठूला, मझौला र साना योजनाहरुमा संझौता भएका छन र तिनीहरु लागु भईरहेका छन । यी परियोजनाहरुमा अहिले सम्म १.४ ट्रीलियन डलर भन्दा बढी लगानी भईसकेको छ र विभिन्न देशमा लाखौं लाख जनताले रोजगारी समेत प्राप्त गरेका छन र गर्दैछन । नेपालले पनि २०१७ मा नै वि.आर.आई संझौता गरेको थियो । अहिले ७ वर्ष बितिसकेको छ । तर नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चिन विरोधी कुप्रचारको शिकार भएर वि. आर. आई सहयोगलाई “ऋण पासो ” का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्य माथि खेलवाड गरिरहेका छन ।’

नेता खनालले ती परियोजनाहरूमा अहिलेसम्म १.४ ट्रिलियन डलर भन्दा बढी लगानी भइसकेको भन्दै विभिन्न देशमा लाखौँ लाख जनताले रोजगारी समेत प्राप्त गरिहरेको बताएका छन् ।

नेपालले २०१७ मा बिआरआई सम्झौता गरेपनि नेपालका सरकारहरू पश्चिमा शक्तिहरूको चीनविरोधीहरुले बिआरआई सहयोगलाई “ऋण पासो” का रूपमा व्याख्या गरेर नेपाल र नेपालीको भाग्यमाथि खेलबाड गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्