Logo
Logo

रोटरी क्लब अफ बागमती काठमाडौंद्वारा ६५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण


1.5k
Shares

काठटमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले करिब ६५ लाख बराबरको स्वास्थ्य उपकरण तिलगंगा आँखा प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ बागमती काठमाडौंले समयभन्दा पहिला जन्मेका बालबालिकाहरुमा हुनसक्ने अन्धोपनमा उपचारका लागि आवश्यक पर्ने ६५ लाख बराबरको स्वास्थ्य उपकरण प्रतिक्ष्ठानलाई हस्तान्तरण गरेको हो ।

तिलगंगा आँखा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहबीच रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर रोटरीयन राजेन्द्रमान शेरचनले उक्त स्वास्थ्य उपकरणहरु प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दूक रुइतलाई हस्तान्तरण गरेका थिए ।

क्लबका परियोजना संयोजक तथा पुर्वअध्यक्ष रोटरीयन मन्जु धमला थापाले उक्त सहयोग रोटरी क्लब अफ बागमती काठमाडौंले संचालन गरेको ग्लोबल ग्राण्ड परियोजनाअन्र्तगत भएको र यसको अन्तर्राष्ट्रिय साझेदारी क्लबको रुपमा रोटरी क्लब अफ लस भेगास रहेको जानकारी दिए । यसका साथै उनले नेपाल तथा भारतका विभिन्न रोटरी क्लबहरुले समेत सहयोग गरेको जानकारी दिइन् ।

क्लबका सदस्य तथा प्रतिस्थानका चिकित्सक डा. इली प्रधान रंजितकारले संचालन गरको उक्त हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै रोटरी डिस्ट्रीक ३२९२ का डिस्ट्रीक गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनले उपकरणको सहयोग अति आवश्यक र उपयूक्त स्थानमा भएकोले रोटरीलाई साहै नै आनन्दको अनूभव भएको जानकारी दिएका थिए ।

प्रतिस्ठानका कार्यकारी निर्देशक डा. सन्दूक रुइतले सहयोग प्राप्त उपकरणले सम्बन्धीत रोगको उपचार तथा विस्तरमा थप सहयोग पूग्ने जानकारी दिनुका सथै सहयोगको लागि सबैलाई धन्यबाद दिएका थिए ।

क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यले धन्यवाद दिएको उक्त हस्तान्तरण समारोहमा क्लबका अध्यक्ष रोटरीयण शाक्यले क्लबको नियमित कार्यक्रम Rotary Retina Support Program 2019 अन्र्तगतको रु. एक लाख ५० हजारको चेक उक्त प्रतिष्ठानका प्रमूख कार्यकारी अधिकृत डा. रिता गुरुङलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्