Logo
Logo

पूर्वराजदूत तपसलाई ‘एम्बेस्डर अफ दी ग्लोबल’ सम्मान


315
Shares

काठमाडौं । पूर्वराजदूत तपस अधिकारीलाई पाकिस्तानको ‘एम्बास्डर अफ दी ग्लोबल’ को पदबीबाट सम्मानित गरिएको छ । आफ्नो कार्यकाल सकेर नेपाल आइसकेकाले अधिकारीलाईको सम्मान नियोग उपप्रमुख लोकबहादुर क्षेत्री सिर्जनले लिएका थिए ।

नेपाल र पाकिस्तानबीचको कूटनीतिक, व्यापार र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न उत्कृष्ट प्रयासको कदरस्वरुप अधिकारीलाई प्रतिष्ठित ‘ग्लोबल एम्बेसडर अवार्ड २०२४’ बाट सम्मानित गरिएको पाकिस्तान सरकारले जनाएको छ ।

पाकिस्तानको एक वैश्विक सार्वजनिक कूटनीति संस्था, द डिप्लोम्याटिक इनसाइटले छोटो अवधिमा दुई मुलुकलाई द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा एकसाथ नजिक ल्याउनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राजदूत अधिकारीलाई छैठौं ग्लोबल एम्बेसडर अवार्डबाट सम्मानित गरेको जनाएको छ ।

छैठौं ग्लोबल एम्बेसडर अवार्ड समारोह २०२४ इस्लामाबादमा राजदूत, कूटनीतिक निकाय, सांसद, सरकारी अधिकारी, व्यवसायी नेता, शिक्षाविद्, सञ्चारमाध्यम र नागरिक समाजका सदस्यहरूको उपस्थितिमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्