क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु


Published On : 4 June, 2020

सुर्खेत, २२ जेठ । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।
उनी ९ जेठमा भारतको मुम्बइबाट आएका थिए । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुंगो लाग्नेछ ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो । ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा बसालिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्