Logo
Logo

नेता अधिकारीको स्वास्थ्यमा सुधार


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ माघ ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।

छोरी लिमा अधिकारीका अनुसार स्वास्थ्यमा सुधार भइरहेको छ ।
८२ वर्षीय अधिकारीको मेडिसिटी अस्पताल ललितपुरको सीसीयूमा राखेर उपचार भइरहेको छ ।
मुटु, श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि गएको पुस २३ मा अस्पताल भर्ना भएका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भएपछि पुस ३० मा डिस्चार्ज गरिएको थियो । तर, अचानक समस्या बल्झिएपछि पुनः माघ २ गते राति सोही अस्पतालमा बुवालाई भर्ना गरिएको छोरी लिमाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्