Logo
Logo

संसदमा मुठभेडको जोखिम, उच्च सर्तकता


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ माघ ।
चिकित्सा शिक्षा बिधेयकमा सरकार र प्रतिपक्षी कांग्रेस आआफ्नै अडानमा रहँदा शुक्रबारको संसद बैठकमा मुठभेडको जोखिम बढेको छ । जसकारण संसद भवनभित्र मर्यादापालक समेत थपेर उच्च सर्तकता अपनाइएको छ ।


आफ्ना दुई पूर्व सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र मातहतमा राख्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार र मंगलबारको बैठक अवरुद्ध गरेको थियो । सरकारले आफूहरुको माग नसुनेसम्म शुक्रबारको बैठक पनि अवरुद्ध गर्दै संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने कांग्रेसले बताउँदै आएको छ ।

तर सरकार भने आजको बैठकबाट संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने रणनीतिमा लागेको छ । प्रमुख प्रतिपक्षी कांग्रेस भने बैठक जसरी पनि अवरुद्ध गरेर विधेयक पारित हुनबाट कसरी रोक्न सकिन्छ भन्ने तयारीमा जुटेको छ । सभामुख कृष्णबहादुर महरालेसमेत शुक्रबारको बैठकबाट शान्तिपूर्ण तरिकाले विधेयक पास गर्ने प्रयास भइरहेको बताउँछन् ।
विधेयक पास गर्न सभामुख र सरकार लागेको देखिन्छ भने कांग्रेस कुनै पनि हालतमा पास हुन नदिने योजनामा छ । शुक्रबार बस्ने बैठक अघि बढ्ने वा नबढ्ने भन्ने कुरा सभामुख र सरकारमा निर्भर रहेको कांगेसले बताएको छ ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक शुक्रबार बस्ने संसद बैठकले पारित गरेरै छाड्ने दावी गरेका छन् । तर कांग्रेस युवा नेता गगन थापाले जबर्जस्ती गर्न खोजे मंगलबारकै जस्तो घटना दोहोरिने संकेत दिएका छन् ।
प्रतिपक्षीलाई देखाइदिन्छु भन्ने सोचले सभामुख पनि सत्तापक्षको लहडमा लागे शुक्रबार बस्ने संसद पनि अवरुद्ध गर्न कांग्रेस बाध्य हुने थापाको भनाई छ ।

कांग्रेसले आफ्ना पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल केन्द्र सरकार मातहतमा नराखेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ ।
शुक्रबार बिहान बसेको कांग्रेसको संसदीय समितिको बैठकले आफ्ना माग पुरा नगरेसम्म संसद अबरुद्ध गर्ने निर्णय गरेको छ । जसकारण संसदमा मुठभेडको जोखिम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्