Logo
Logo

गण्डकीमा थपिए १७ जना संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

कास्की, २४ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाको संख्या ७५ पुगेको छ । शबिनार बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

रुपा गाउँपालिकामा २३ र ३२ वर्षका दुई र पोखरा महानगरपालिकाका ५९ वर्षीय एक पुरुष गरी कास्कीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २५, २३, ३२, ४४, ५२ र ५४ वर्षीय आठ पुरुष र हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई गरी १० थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
बागलुङको ताराखोला गाउँपालिकाका एक ३९ वर्षीय पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय तीन पुरुषमा कोभिड–१९ पुुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । संक्रमितलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए ।
कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । बागलुङका दुई र लमजुङका एक निको भएका छन् । प्रदेशमा हालसम्म चार हजार ६८७ को पिसीआर परीक्षणका लागि नमूना संकलन गरिएकामा तीन हजार ८७७ जनामा संक्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ७५४ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्