Logo
Logo

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ


693
Shares

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न ४ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका संचालक गुल्मी तम्घास नगरपालिका–४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नत कुमार राठी, काठमाडौं महानगरपालिका–१ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डी सम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले नगद २६ लाख ५० हजार रूपैयाँ र मोबाइल ५ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्