
काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले पुस ७ गते आइतबारदेखि एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंले सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ देखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने दिएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।














