Logo
Logo

मेचीपुलमा राखियो नयाँ नक्सा


- दृष्टि न्युज/संवाददाता


भद्रपुर, २९ जेठ । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनका रूपमा रहेका राष्ट्रिय युवासंघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा बिहीबार सो स्थानमा नक्सा राखिएको हो । सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । सो अवसरमा सांसद बुढाथोकीले राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताए ।

प्रतिक्रिया दिनुहोस्