Logo
Logo

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप अस्वीकार्य : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा देखिएको पछिल्लो राजनीति संकटप्रति चासो देखाएका छन् । अध्यक्ष दाहालले विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।
भेनेजुएलामा पछिल्लो समय राजनीति संकट देखिएको छ । भेनेजुएलाको राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प ‘अवैधानिक’ घोषणा गरेका छन् । तर। मदुरोलाई त्यहाँको सेनाले पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले भने आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका छन् ।
अध्यक्ष दाहालले अंग्रेजीमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ ।’ अमेरिकाले भेनेजुएलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको दाहालको आरोप छ ।

प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिनुपर्ने पक्षमा नेकपा रहेको अध्यक्ष दाहालले बताएका छन् ।
‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको स्वघोषणलाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अरुको आन्तरिक मामलामा घुसपैठ गर्ने प्रयास मात्र नभएर कुको प्रयास हो । यो हामीलाई अस्वीकार्य छ ।’ विपक्षी नेता जुआन गुआइडोले आफूलाई कार्यवाहक राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि आन्तरिक संकट चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्