Logo
Logo

कर्णाली कोरोना संक्रमित बढ्दै, शनिबारमात्रै ७० थपिए


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ३१ जेठ । कर्णालीमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । शनिबारमात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९१६ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगंगा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका आठ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा आज कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए
त्यस्तै दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाइएको छ ।
त्यसैगरी शनिबार नै दैलेख अस्पतालबाट पाँच र दुल्लु अस्पतालबाट चार गरी नौ जना निको भई घर फर्केका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या ९१ पुगेको र हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्