काठमाडौंमा चिकित्सककी छोरीको अपहरण « Drishti News – Nepalese News Portal
Logo

काठमाडौंमा चिकित्सककी छोरीको अपहरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ ।
काठमाडौंमा शुक्रबार एक बालिकाको अपहरण भएको छ । अपहरित बालिकाको प्रहरीले उद्धार गरेको छ भने अपहरणकारी भागेका छन् ।


थापाथलीस्थित प्रसुति गृहकी डा. बबिता शाहको दुई वर्षीया छोरी अपहरणमा परेकी छन् । शुक्रबार बिहान काटेश्वरको खरिबोटस्थित घरबाटै सन्ध्याको अपहरण भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले केहीवेर अघि बालिकाको उद्धार गरेको छ । अपहरणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आर्थिक लेनदेनका कारण जनकपुरका मनिषकुमार गुप्ताले बालिकाको अपहरण गरेको खुलेको छ ।
‘उनले साढे दुई लाख रुपैयाँ मागेका थिए ’, बोगटीले भने, ‘हामीलाई सूचना आउने वित्तिकै खोजी थालेका थियौं । त्यसक्रममा अपहरणकारी गुप्ताले बालिकालाई जम्भुडाँडा, तिलगंगा हुँदै बसपार्क गएर भाग्दै फर्किंने क्रममा तिलगंगाको होटल गणेश अगाडिबाट बालिकालाई उद्दार र्गयौं ।’

अधिकारीहरुका अनुसार प्रहरीले बालिकालाई राखेको ठाउँमा घेरा हालेपछि बालिकालाई छाडेर भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्