Logo
Logo

बाबुराम र सोविता गौतमबीच वैकल्पिक राजनीतिबारे छलफल


1.6k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । सांसद गौतमले भट्टराई निवासमा पुगेर बाबुरामसँग भेटवार्ता गरेकी हुन् ।

उनीहरुबीच वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको डा भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श ।’

माओवादीबाट बाहिरिएपछि नयाँ शक्ति हुँदै मधेशवादी दलमा मिसिएर अहिले नेसपा गठन गरेका बाबुराम देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको बताउँदै आइरहेका छन् ।

उनले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध साँधेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्