Logo
Logo

चिकित्सा शिक्षा विधेयक पारितसँगै मुठभेडतर्फ जाँदै मुलुक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १२ माघ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गराएको हो ।

यसबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष दलको दूरी बढेको छ । आजको नागरिक दैनिकमा समाचार छपिएको छ ।

प्रतिक्रिया दिनुहोस्