गण्डकीमा फैलँदै कोरोना, आजै ७७ जना नयाँ संक्रमित भेटिए


Published On : 18 June, 2020

पोखरा, ४ असार । गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ७७ नयाँ संक्रमित फेला परेका छन् । योेसँगै गण्डकीमा संक्रमितको संख्या ३२४ पुगेको छ । बिहीबार स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।
स्वास्थ्य निर्देशनालयले निकालेको विज्ञप्ति अनुसार पछिल्लो पटक प्रदेशमा ७७ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार बिहान ५ः ४५ मा निर्देशनालयले निकालेको विज्ञप्तिमा नवलपुर, तनहूँ, मनाङ र गोरखामा गरि ४२ नयाँ संक्रमित पुष्टि भएका भन् भने ८ बजे निकालेको विज्ञप्तिमा पर्वतको कुश्मा, फलेबास नगरपालिका र मोदी गाउँपालिकामा गरी ५ संक्रमित थपिएका थिए । जसमध्ये कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा बसेका ४२ वर्षिय १ पुरुष र २० वर्षिया महिलामा थिइन् । मनाङमा पहिलोपटक संक्रमण देखिएको हो ।
यस्तै, पर्वतकै मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको बसेका ३० वर्र्षीय १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । पर्वत फलेवस नगरपालिका स्थायी ठेगाना भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३० र ३७ वर्षिय २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको ८ बजेको विज्ञप्तिमा उल्लेख थियो ।
संक्रमित पाँचै जनाको स्वाब टेष्ट भरतपुर अस्पतालमा गरिएको र, सबै जना भारतबाट फर्केको निर्देशनालयले विज्ञप्तिमा जनाएको छ ।
यस्तै, ९ बजेको विज्ञप्तिमा स्याङ्जा, पर्वत, तनहूँ, नवलपुर र बागलुङमा ३० नयाँ संक्रमित थपिएको उल्लेख छ । जसमध्ये स्याङ्जामा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया दुई महिला त्यसैगरि १३ र १९ वर्षीया दुई पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिकामा २१, ३३, २६, ३० र १८ वर्षीय पाँच पुरुषमा कोरोना पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिकाका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय दुई पुरुष जलजला गाउँपालिकाका १६ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । तनहूँको ब्यास नगरपालिकामा ४२, २९ र २५ वर्षिय तीन पुरुष, नवलपुर हुप्सेकोट गाउँपालिकामा २९, २०, ३९, १९, ३०, ३३, ४० र २९ वर्षका दुई गरि ९ पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका ३५, ३१, २६ र २३ वर्षका ४ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, बागलुङको गलकोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषमा गरि बिहीबार ३ घण्टानको अन्तरमा ७७ नयाँ संक्रमित पुष्टि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्