Logo
Logo

दुर्घटनमा १ को मृत्यु, पाँच घाइते


- दृष्टि न्युज/संवाददाता


भरतपुर, १२ माघ । चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने घुमाउनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७०४४ नंको ट्रकले तनहुँबाट बिरामी लिएर उपचारका लागि भरतपुर आउँदै गरेको ग२च ८९६२ नंको एम्बुलेन्सलाई शुक्रबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
ट्रकको ठक्करबाट एम्बुलेन्समा सवार क्यान्सर रोग पीडित बिरामी तनहुँ रिसिङ गाउँपालिका–५ बस्ने ६२ वर्षीय राजिसरा थापामगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते एम्बुलेन्स चालक र अन्य दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्रक चालकको मुग्लिनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यस्तै शुक्रबार साँझ नै भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । नारायणपुरबाट भरतपुर आउँदै गरेको बा१०च १७७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४५प ९८५४ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका भनपा–१४ का ४० वर्षीय विशेश्वर घिमिरेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार र कारका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्