Logo
Logo

गण्डकी प्रदेशमा कोरोना : २४ नयाँ संक्रमित थपिए, ३४ निको भए


- दृष्टि न्युज/संवाददाता


कास्की, ५ असार । गण्डकी प्रदेशका कास्की, नवलपरासी, बाग्लुङ र स्याङ्जामा गरी शुक्रबार २४ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान ६ः०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा ६, बागलुङमा १४, नवलपरासी र स्याङ्जामा दुई–दुई जना संक्रमित थपिएका छन् ।
कास्कीमा संक्रमितमा पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षका पुरुष र ३० र ५६ वर्षका महिला तथा रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष छन् । त्यसैगरी बागलुङमा गलकोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९, ४५ वर्षका पुरुष, ४२ र ३० वर्षका महिला, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र पालिका नखुलेको एक ६३ वर्षीय पुरुष तथा नवलपरासीमा विनय त्रिवेणी गाउँपालिकाका २८ र २० वर्षका पुरुषमा संक्रमण फेला परेको जनाइएको छ । नयाँ संक्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्