Logo
Logo

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीले जारी राखेको अनशनको औचित्य नभएको बताएका छन् ।।

शनिबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आइतबार स्वीट्जरल्याण्ड गएको थियो।

प्रतिक्रिया दिनुहोस्