Logo
Logo

माओवादीबाट हत्या गरिएका पूर्व आईजिपीको सम्झना


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १२ माघ ।
तत्कालिन माओवादीबाट हत्या गरिएका सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठप्रति शनिबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।

????????????????????????????????????


कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देश र नागरिकलाई केन्द्रबिन्दुमा राखेर दुई सुरक्षा निकायहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच निकटता ल्याउन सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको योगदान प्रेरणादायी र अमूल्य रहेको बताएका छन् ।
सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व. नुडुप श्रेष्ठको स्मृतिमा सशस्त्र प्रहरी बल, गण हेडक्वाटर नम्बर २१ गण खुमलटार, ललितपुरमा कृष्णमोहन(नुडुप प्रतिष्ठान काठमाडौंद्वारा शनिबार आयोजित १६औं वार्षिक श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रहरी महानिरीक्षक खनालले सो कुरा बताउका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले स्व. कृष्णमोहन श्रेष्ठ एक उर्जावान, प्रभावशाली, सालीन र कनिष्टहरूप्रति प्रेमभाव गर्ने व्यक्तित्वको रूपमा रहेको स्मरण गरे ।
प्रहरी महानिरीक्षक खनालले कृष्णमोहन(नुडुप कार्यदक्षता पुरस्कार नेपाल प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक बिनिता थापा मगर र सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक थमानसिंह राईलाई जनही नगद ७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरे । साथै उनले सूर्य रेग्मी उत्कृष्ट अंगरक्षक पुरस्कार सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द सुवेदीलाई प्रदान गर्नुका साथै २ जनालाई कृष्णमोहन(नुडुप छात्रवृत्ति समेत प्रदान गरे ।
सो अवसरमा श्रद्धाञ्जली सभाका प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, बिशेष अतिथि सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत अन्य अतिथिहरूले स्व. कृष्णमोहन श्रेष्ठ र स्व. नुडुप श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली एवं पुष्पगुच्छा अर्पण गरेका थिए ।
कृष्णमोहन(नुडुप प्रतिष्ठानका अध्यक्ष गोबिन्द दास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, प्रतिष्ठानका पदाधिकारीको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्