Logo
Logo

चार किलो सुनमा प्रहरीलाई नै फसाउने गिरोहकी नाइके महिला पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १२ माघ । प्रहरीले बहुचर्चित ४ किलो नक्कली ‘सुन’ प्रकरणमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले सुन भनेर सार्वजनिक गरेकोमा नक्कली तामा भएको ुखलेको थियो ।
सो धातु सहित सञ्जित वाईबा, सुरेन्द्र तामाङ र विकास तामाङलाई पक्राउ गरेको थियो । गिरोहकी नाइके गंगा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।


परिचालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको संयुक्त टोलीले नक्कली सुन बेच्न युवक परिचालन गर्ने गंगा लिङ्देन लिम्बुलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । झापाको हल्दिबारी १ स्थायी घर भएकी ३३ वर्षीय लिम्बुले यसअघि पक्राउ परेका सञ्जित वाईबालाई नक्कली सुनको भरिया बनाएर बेच्नका लागि धादिङ पठाएको अनुसन्धानबाट खुलेको छ । राजधानीको चाबहिल चोकमा डेरा गरेर बस्ने लिम्बु नक्कली सुन ओसार पोसारमा संलग्न रहेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । गत पुस १९ गते धादिङ प्रहरीले ४ किलो नक्कली सुन सहित सञ्जित वाईबा, सुरेन्द्र तामाङ र विकास तामाङलाई पक्राउ गरेको थियो । उनीहरु पक्राउ गरेपछि लिम्बु फरार भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी तथा प्रवक्ता श्याम कुमार महतोका अनुसार अभियुक्त लिम्बुले प्रतिकिलो २० हजार कमिशनमा सञ्जित वाईबालाई ४ किलो नक्कली सुन दिएकी थिइन् । प्रहरीसँगको बयानका क्रममा वाईबाले आफूलाई दिदीले सुन दिएको बताएका थिए । ‘दिदी’ भनिएकी गंगा लिम्बुलाई प्रहरीले विगत केही दिनदेखि पछ्याइरहेको थियो । धादिङ प्रहरीले नक्कली सुन कारोबारीको गिरोहलाई नै नियन्त्रणमा लिने अभियान थालेको छ । गत पुस २० गते पत्रकार सम्मेलनका क्रममा ‘सुन’ बरामद भनेर सार्वजनिक गरिएपनि राजश्व अनुसन्धान विभागमा भने पित्तल र तामा मिश्रित ढलोट रहेको पाइएपछि नक्कली सुनबारे पर्दाफास भएको थियो । अभियुक्तहरुले यसअघि आफूहरुले नक्कली सुन नै कारोबार गर्ने गरेको खुलाएका थिए । सुन साटिएको भनेर आशंका समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्