Logo
Logo

अमेरिका विमान दुर्घटनाः १८ जनाको शव निकालियो


756
Shares

एजेन्सी । अमेरिकन एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु पुष्टि भएको छ । उद्धार टोलीले १८ जनाको शव बरामद गरेको बीबीसीले जनाएको छ । खोजी टोलीले अहिलेसम्म कोही पनि जीवित फेला पार्न सकेको छैन।

अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको थियो । स्थानीय समयानुसार राति ९ बजे विमान र हेलिकप्टर ठोकिएर रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा दुर्घटना भएको हो ।

डीसी फायर र ईएमएस विभागका अनुसार विमान डीसी हुँदै बग्ने पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको थियो ।

यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टरमा ३ जना सैनिक सवार थिए । उनीहरू चालक दलकै सदस्य रहेको सीएनएनले जनाएको छ । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए । ​

प्रतिक्रिया दिनुहोस्