Logo
Logo

कम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन : वरिष्ठ नेता नेपाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

तनहुँ १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् ।

कम्युनिष्ट नेता एकदेव आलेको ५० औँ स्मृति दिवसका अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै नेता नेपालले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भने जस्तो अधिनायकवादी हुन नसक्ने बाताए।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले सरकारको बारेमा आएका गुनासा जायज भए त्यस्ता जायज गुनासालाई सम्बोधन गर्न सरकार तयार रहेको र निरन्तर जनताका पक्षमा काम गरेकोले जनताले कम्युनिष्ट पार्टीलाई बहुमत दिएको चर्चा गर्दै वरिष्ठ नेता नेपालले जनताको विश्वास र समर्थनलाई पूरा गर्नेतर्फ सरकार अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्