Logo
Logo

काठमाडौं महानगरपालिकाले घरबहाल करमा १० प्रतिशत छुट दिने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० असार ।
काठमाडौं महानगरपालिकाले घर बहाल कर छुट दिने भएको छ। घरधनीले डेरावाललाई कम्तीमा एक महिनाको भाडा छुट दिएका १० प्रतिशत घर बहाल कर छुट दिने निर्णय महानगरपालिकाको छ ।


कोभिड–१९ को प्रभावले घर भाडामा बस्ने नगरबासीलाई पर्न गएको असरलाई मध्यनजर गर्दै घर धनीले कम्तीमा १ महिनाको घरभाडा छुट दिएमा आर्थिक वर्ष २०७६–७७ बुझाउनु पर्ने बार्षिक घर बहाल करमा १० प्रतिशत छुट दिइने महानगरले बताएको छ।

त्यस्तै आर्थिक वर्ष २०७६–७७ मा छुट नलिई कर चुक्ता गरेका करदाताले आर्थिक वर्ष २०७७–७८ मा बुझाउनुपर्ने बार्षिक बहाल करमा १० प्रतिशत छुट दिई कर मिलान गरिने महानगरको आर्थिक विधेयकमा उल्लेख छ।

त्यसैगरी बार्षिक १ लाख भन्दा कम बहाल आम्दानी भएका र अन्य आम्दानीका स्रोत नभएका करदाताले कर छुट माग गरेमा सम्बन्धित वडा समितीको सिफारिसमा चालू आर्थिक वर्षमा लाग्ने १ वर्षको घर बहाल कर छुट महानगरले बताएको छ।

प्रतिक्रिया दिनुहोस्