कन्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । शनिबार (आज) बिहान सडक पेटीमा कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कन्चनपुरका अनुसार कलौनीको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको हो । उनको घर पनि सोही क्षेत्रमा पर्दछ ।
कलौनीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।