Logo
Logo

योगेश भट्टराई एमालेमा दास भएर बसेको माधव नेपालको आरोप


13.5k
Shares

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले योगेश भट्टराई नेकपा एमालेमा दास भएर बसेको आरोप लगाएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले योगेश भट्टराईको नाम नलिई आफूहरूले अध्यादेशको विरोध गर्दा उनैलाई बढी पोलेको बताए ।

उनले भने, ‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ ।’

भट्टराईले प्रतिनिधिसभा बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए ।
त्यसको जवाफ दिँदै उनले आफ्नो पार्टी बनाउने बेलामा अध्यादेश आउनु आवश्यकता भएको तर, अहिले संसद् चल्ने बेलामा अध्यादेश आउन आवश्यक नभएको बताए ।

संसदमा विचारधिन रहेका विधेयकहरू फिर्ता नै नगरी विधि प्रक्रिया नपुराई अध्यादेश ल्याउने कुरा ठिक नभएको उनको भनाइ थियो । उनले बरु प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सरकार ढल्यो ढल्यो भन्दै गीत गाउन थालेको दाबी गरे । प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै नेपालले प्रतिपक्षले नभई प्रधानमन्त्रीले नै सरकार ढल्यो ढल्यो भन्दै गीत गाएको बताए ।

प्रतिक्रिया दिनुहोस्