Logo
Logo

सीटीईभीटीका उपाध्यक्षको नियुक्ति सर्वोच्चद्वारा बदर


1.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति निर्णय बदर गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनलाई नियुक्ति गर्ने ६ मंसिरको मन्त्रिपरिषद्को निर्णय बदर गर्न आदेश दिएको हो । नियुक्तिको सिफारिस हुनासाथ उनको योग्यतामाथि प्रश्न उठेको थियो ।

प्राविधिक शिक्षा एवं व्यवसायिक तालिमको क्षेत्रमा १५ वर्ष काम गरेकाहरू मात्रै योग्य हुने व्यवस्था रहेकोमा कम योग्यता भएको व्यक्तिलाई सिफारिस गरिएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले नियुक्ति बदर गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्