Logo
Logo

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो, एकजना घाइते


3.6k
Shares

झापा । प्रहरीले झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

प्रहरीका अनुसार गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनलाई उपचारका लागि अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्