Logo
Logo

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेमाथिको कैद सजाय उच्चबाट सदर


1.2k
Shares

काठमाडौं । उच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि काठमाडौं जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला सदर गरेको छ ।

मंगलबार उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले जिल्ला अदालतको फैसला नै सदर गर्दै क्षतिपूर्ति भने घटाएको हो ।

जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिका र अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।

प्रतिक्रिया दिनुहोस्