काठमाडौं । बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा संलग्नहरूलाई मुद्दा नचलाउने महान्यायाधीवक्ता कार्यालयले निर्णय गरेको छ ।

स्रोतका अनुसार महान्यायाधिवक्ता रमेश बडालले सीआईबीले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै अनुमोदन गरेका हुन् ।
बाँसबारी प्रकरणमा अनुसन्धानको क्रममा चौधरी समूह तानिएको थियो । उद्योगी एवम् कांग्रेस सांसद विनोद चौधरी र उनका भाई र अरुण मुछिएका थिए । सीआईबीले सांसद चौधरीसँग बयान लिएको थियो ।
अरुण चौधरी भने पक्राउ नै परेका थिए । तर जिल्ला अदालतको आदेशपछि अरुण हाजिर जमानीमा रिहा भएका थिए ।