चितवन । चितवनस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन आइपुगेका छन् ।

रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार रवि गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने वा नहुने टुंगो भने भएको छैन । भुसालले भने, ‘उहाँ गाडीबाट नै राति आइपुग्नुभएको हो । तर आज नै अदालतमा उपस्थित हुने वा नहुने भन्ने टुंगो छैन । केही समयपछि थाहा होला ।’
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।