Logo
Logo

प्यालेस्टाइनको गाजापट्टी अमेरिकाले कब्जा गर्ने


3.9k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनको गाजापट्टी कब्जा गर्ने बताएका छन् । गाजालाई कब्जा गरेर अमेरिकाले सेना राख्न सक्ने उनको भनाइ छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनले उल्लेख गरेअनुसार ट्रम्पले गाजाबाट हटाइएका प्यालेस्टाइनीहरुको पुनर्वास गरिने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग संयुक्त पत्रकार सम्मेलनमा ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यस्तो बताएको समाचारमा उल्लेख छ ।

ट्रम्प कार्यकालका दुई पक्षीय भ्रमण आएका प्रथम विदेशी सरकार प्रमुखको रूपमा पुगेका नेतान्याहुले ट्रम्पको मुद्दालाई सही भनेर साथ दिएको पनि समाचारमा बताइएको छ । यसअघि इजिप्टको मरुभूमिमा सार्ने प्रस्ताव आएपनि इजिप्टले त्यसलाई अस्वीकार गरेको थियो ।

ट्रम्पको यो पछिल्लो भनाइको विरोध सुरु भएको छ । प्यालेस्टाइनी पृष्ठभूमिकी अमेरिकी सांसद रासिदा तालिबले ट्रम्पको प्रस्तावलाई ‘जातीय नरसंहार’को संज्ञा दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्