Logo
Logo

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि


567
Shares

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि उनी आज बिहान चितवन अदालत उपस्थित भएका हुन् । उनको आजै अदालती बयानको तयारी छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

लामिछाने यसअघि पनि सहकारी ठगी मुद्दामै पोखरामा ६५, काठमाडौंमा ६० र बुटवलमा १ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्