चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।

लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन् ।
साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै रवि लामिछाने गएराति चितवन पुगे । र, उनी अदालत हाजिर भएका छन् ।