Logo
Logo

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य


189
Shares

काठमाडौं । त्रिदेशीय महिला टी–२० आई शृंखलाअन्तरगत आजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राजेको नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् ।

सुधारिएको ब्याटिङ गर्दै नेपाली महिला टिमले त्रिवि मैदानमा अहिलेसम्मको आफ्नो उच्च स्कोर बनाएको हो । ७ रनमा दुई विकेट गुमाएपश्चात कप्तान इन्दु बर्मा र पूजा महतोले नेपाललाई कमब्याक गराएका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दुले ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

पाँचौं नम्बरमा आएकी रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन् । उनले ३ चौका प्रहार गरिन् । पूजाले ५१ बलको सामना गर्दा ५ चौका हानिन् । कविता जोशीले ६ बलमा एक छक्कासहित ७ रन बनाइन् ।

प्रतिक्रिया दिनुहोस्