Logo
Logo

दलहरूकै कारण संसदले कानून बनाउन सकेन : सन्तोष परियार


441
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसदमा कानून बनाउन राजनीतिक दलहरु गम्भीर नभएको आरोप लगाएका छन्।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा सांसदसमेत रहेका प्रमुख सचेतक परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा संसदले कानून बनाउन नसकेको आरोप लगाएका हुन्।

राजनीतिक पार्टीहरुले कानून निर्माणलाई गम्भीरताका साथ लिए संसदले कानून बनाउन ढिलाई नगर्ने उनको विश्वास छ। उनले सांसदहरुकै कारण कानून निर्माण सुस्त भएको आरोप पनि लगाए।

‘संसदले कानून बनाउन कसको कारणले सकेन भन्ने कुरा महत्वपूर्ण छ‚ संसद निरपेक्ष छैन। संसदमा राजनीतिक पार्टीहरुले जुन दिन कानून निर्माणलाई गम्भीरताका साथ लिन्छन् त्यही दिनदेखि संसदले कानून बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो‚’ प्रमुख सचेतक परियारले भने, ‘हामी र हाम्रै कारणले कानून निर्माण भइरहेको छैन संसदमा। विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन? संघीय निजामती विधेयक किन बन्न सकेको छैन? यो सबै राजनीतिक पार्टीका कारणले कानून निर्माण हुन सकेको छैन।’

उनले संसद राजनीतिक दलहरुका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु यसमा गम्भीर हुन जरुरी रहेको बताए। विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्