Logo
Logo

प्रहरी नियन्त्रणमा रहेका ‘नो केबलकार’ पक्षधर तीन जना रिहा


2.7k
Shares

ताप्लेजुङ । प्रहरी नियन्त्रणमा रहेका पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेनसहित तीन जना बुधबार रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जानकारी दिए ।

उनका अनुसार मादेन १० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् । यस्तै सिदिङ्वा गाउँपालिका वडा नं ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटना पछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो । उक्त घटना पछि आन्दोलनरत पक्ष र सरकारबिच मंगलवार राति भएको वार्तामा पक्राउ परेका आन्दोलनरत पक्षका कार्यकर्तालाई रिहाइ गर्ने सहमति थियो ।

प्रतिक्रिया दिनुहोस्