Logo
Logo

संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय


819
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले आगामी संसद् बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् । उनले दलको बैठकमा तीन वटा एजेन्डाहरू रहेको र जसमा संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताइन् । उनले पार्टी सभापति रवि लामिछानेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताइन् ।

उनले भनिन्,‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ । संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा, सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौँ ।’

उनले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्