Logo
Logo

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार, आज नेपाल आउँदै


2.1k
Shares

काठमाडौं । नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ ।

विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पालाई बुधबार उद्धार गरिएको हो । उनीहरु नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए ।

उनीहरु माल्दोवाबाट आज दिउँसो १५ : २० बजेको टर्किस्ट एयरलाइन्समार्फत नेपाल आउने तयारीमा छन् । उनीहरूको उद्धारका लागि हवाई टिकटको व्यवस्था गैरआवासीय नेपाली संघले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्